जन्म : २०२९ जेठ १८ 1972 में 31 पुतलीसडक
पिता : जुजुभाइ महर्जन
माता : मायादेवी महर्जन
राष्ट्रियता : नेपाली
पेशा : कवि, गीतकार, उपन्यासकार, कथाकार, हाइकुकार, कलाकार, गायक, चित्रकार
विधा : कविता, कथा, गीत, हाइकु, तान्का, उपन्यास, नाटक, चित्रकारिता र गायन
लेखन : कविता, कथा, गीतिनाटक, उपन्यास, मुक्तक, गीत, हाइकु, तान्का
अभिनय : म्युजिक भिडियो, चलचित्र
गायन : एक दर्जनभन्दा बढी गीतहरू
प्रकृति : प्रेमलीला, राष्ट्रियता, भक्ती दर्शन, जनचेतना मूलक
उल्लेखनीय पुरस्कारहरू :
गद्दी आरोहण रजत महोत्सव पदक (२०५३) 1996
लालिगुराँस युवा सम्मान (२०५८) 2001
लाइफ टाइम एचिभमेन्ट अवार्ड ओएसनेपाल (२०७४) 2017
लाइफ टाइम एचिभमेन्ट अवार्ड बोष्टर म्युजिक अवार्ड (२०७५) 2018
ज्यापू विशेष सम्मान (२०७६) 2019
लाइफ टाइम एचिभमेन्ट अवार्ड ज्योति फिल्मस् (२०७८) 2021
संगीत रजत सम्मान (२०७८) 2022
जीवनसाथी : सरिता महर्जन
साहित्यिक जीवन :
२०४२ (1985) बाट निरन्तर लगभग चार दशक साहित्यमा होमिएको ।
२०५१ (1994) बाट निरन्तर संगीत क्षेत्रमा लागेर नेपाली सांगेतिक क्षेत्रको श्रीवृद्धिको निमित्त समय खर्चेको ।
२०५१ (1994) बाट चित्रकारितामा पनि उत्तिकै सकृय ।
२०७२ (2015) बाट अभिनय क्षेत्रमा पनि उतिकै सक्रिय ।
सुरुवाती जीवन :
विक्रम सम्वत २०२९ अर्थात सन 1972 में 31 मा काठमाडौको पुतलीसडकमा जन्मेको । सहिद शुक्र माध्यमिक विद्यालयबाट अध्ययनको शुरूवात गरेको र पद्ममोदय माध्यमिक विद्यालय र सरस्वती निकेतन माध्यमिक विद्यालयबाट अध्यन गर्दै रत्न राज्य क्याम्पसमा आइ ए सम्मको अध्यन गरेको ।
सानै उमेरदेखि कविता लेखनमा लागेर २०४४ मा समता मासिक पत्रिकामार्फत साहित्य प्रकाशित गर्दै २०४६ बाट नयाँ ज्योति साप्ताहिकबाट आफ्नो साहित्यिक यात्रामा निरन्तर लागेर हप्तैपिच्छे साप्ताहिक र मासिक पत्रपत्रिका मार्फत आफूलाई पाठक माझ चिनाउन सफल ।
२०५२ (1989) देखि कलाकौशल चित्रकारिता प्रदर्शनी गर्दै आम पाठक सामू आफूलाई चिनाउन सफल ।
२०५१ (1994) बाट नै प्रकाश गुरुङ, चन्द्रराज शर्मा, कमल क्षेत्री र सुदेशराज शर्माबाट संगीत शिक्षा लिएको ।
२०५५ (1998) मा कृतिको रूपमा भविष्यको सपना (कविता संग्रह) र त्यसपछि दर्जनौं साहित्यिक कृतिहरू प्रकाशित ।
उल्लेखनीय कार्यहरू :
* नेपाल साहित्य-कला केन्द्रको उपाध्यक्ष रहेको समय (२०५६) 1999 मा धरानमा पूर्वान्चल व्यापी कवि गोष्ठी एवं स्रस्टा सम्मान अन्तर्गत साहित्यकार ददीराज सुवेदी, गायनमा वरिष्ठ गायिका तिर्थ कुमारी र समाज सेवकमा पूर्ण बहादुर गुरुङलाई विशेष सम्मानको निमित्त नेपाल साहित्य-कला केन्द्रबाट धरानमा बृहत साहित्य गोष्ठी र कार्यक्रम गरेको, अध्यक्ष, सचिव र सदस्यहरू सबैको विषेश सहयोग साथ रहेको ।
* 1999पहिलो पटक मेलम्ची विषेश अनि भब्य साहित्यिक कार्यक्रम गरेको यस कार्यक्रममा पनि नेपाल साहित्य-कला केन्द्रको अध्यक्ष, सचिव र सदस्यहरू सबैको विषेश सहयोग साथ रहेको आदि ।
* 1999 मा मासिक रूपमा साहित्य-चौतारी कार्यक्रम गरेर साहित्य जमघट संचालन गरेको र साहित्य-चौतारी मासिक साहित्यिक पत्रिकाको प्रकाशक एवं सम्पादक रहेको ।
* विशिष्ट सदस्य, कौशिकी त्रैमासिकमा, संरक्षक जनमत, साहित्यिक मासिक, प्रवन्ध निर्देशक श्रृंखला मासिक, सम्पादन सहयोगी, दिग्दर्शन द्वैमासिक, वरिष्ठ सल्लाहकार खबरबोट मासिक, सल्लाहकार भिजन न्युज नेपालको रहेको ।
पहिलो कृति :
उनको पहिलो कृति (२०४६)1990 मा आजै थाहा पाएँ नयाँ ज्योति साप्ताहिकमा प्रकाशित भएपछि निरन्तर रहेकोे छ । (२०५५)1998 मा भविष्यको सपना (कविता संग्रह)
साहित्यकार, चित्रकार एवं गायक सुरेन्द्र महर्जन नेपाली साहित्य आकाशका चम्किलो तारा जस्तै हुनुहुन्छ । 30 भन्दा बढी साहित्यिक कृति प्रकाशित गर्दै लाखौं पाठकको मन मुटुमा बस्न सफल महर्जन बहुमुखी प्रतिभाका धनी व्यक्तित्व हुनुहुन्छ । कथा, कविता, गीत, उपन्यास, मुक्तक, आख्यान, हाइकु, तान्का र चित्रकारितामा समेत उतिकै अवलता रहेको छ । 2042 अर्थात् 1985 सालदेखि साहित्यमा कलम चलाउनु भएको महर्जन 2046 अर्थात् 1989 सालदेखि पत्रपत्रिकामा आफ्नो सृजना सार्वजनिक गर्दै साहित्य क्षेत्रमा उदाउनु भएको हो । उहाँले 2052 अर्थात 1995 सालमा चित्रकारिता कलाकौशल प्रदर्शनी गर्दै मुख्यतया पाठक माझ उदाएका महर्जनको साहित्य यात्रा तीन दशकभन्दा बढी समय तय गरिसकेको छ । नेपाली सँगै नेवारी साहित्यमा समेत कलम चलाउनु भएको हो